नियम १३४क
बेपत्ता भएको कर्मचारीको परिवारलाई सुविधा दिइने
(१) ऐनको दफा ३९क. बमोजिम दुई वर्ष देखि हराई सम्पर्क नभएको र मरे
बाचेको पत्ता नलागेको निजामती कर्मचारीलाई ऐनको दफा ६१ को उपदफा (१) को खण्ड (छ) बमोजिम सेवाबाट हटाइएकोमा निजले
पाउने उपदान वा निवृत्तभरणको रकम निजको परिवारलाई दिइनेछ ।
(२) उपनियम (१) बमोजिमको निजामती कर्मचारीको परिवारले सो बमोजिमको रकम प्राप्त गर्नको लागि त्यस्तो निजामती
कर्मचारीको स्थायी वतन भएको गाउ“ विकास समिति वा नगरपालिका तथा हराई बेपत्ता हुनु अघि बहाल रहेको जिल्लाको जिल्ला
प्रहरी कार्यालयबाट निज दुई वर्ष देखि हराई बेपत्ता भई मरे बाँचेको पत्ता नलागेको भन्ने व्यहोराको सिफारिस लिई पेश गर्नु पर्नेछ ।